निशा राई
धरान- स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री मोहनबहादुर बस्नेतले उपचारको अभावमा कोही पनि बिरामीले मर्नु पर्दैन र मर्न दिँदैनौ यसको जिम्मा राज्यले लिने बताएको छ ।
बिहीबार बिपी प्रतिष्ठानको विविध विषयमा छलफल तथा अनुगमनमा आउने क्रममा नेपाली काँग्रेसको पार्टी कार्यालय धरानमा अन्तरक्रिया तथा छलफल कार्यक्रममा बोल्दै उनले अब कोही नेपालीहरू पैसाको अभावले मर्न नदिने यसको जिम्मा राज्यले लिने हाल आफू स्वास्थ्य मन्त्री भएकोले पैसाको अभावले उपचार गराउन नसक्ने कोही बिरामी भए वडाले सिफारिस गरेर पठाएमा सम्बन्धी अस्पतालहरूमा समन्वय गरेर निःशुल्क उपचार गराउने बताए ।
यसको लागी हाम्रो देशमा अस्पतालहरू स्थापना हुँदा अस्पतालमा चाहिने ईक्युपमेन्टहरको भन्सार कर सरकारले छुट दिने कारणले त्यसको १० प्रतिशत गरिब विपन्न परिवारका उपचार गराउन नसक्नेलाई दिने व्यवस्थाको सरकार सँग सम्झौता रहेको उनले बताए । र त्यो हाल लागु गरिएको समेत मन्त्री बस्नेतले भने ।
बिपी प्रतिष्ठानमा एम आर आई मेशिन आवश्यक रहेको र वर्षौँ देखि अभावमा रहेको भन्ने पटक–पटक प्रतिष्ठानको कर्मचारीहरू र राजनीतिक दलहरूले कुरा राख्दै आएकोले ३० करोड पर्ने एम आर आई मेशिन यस वर्षको बजेटबाट उपलब्ध गराउने र यसको समस्या हटाउने बाचा मन्त्री बस्नेतले गरेको छ ।
बिपी प्रतिष्ठानमा पदोन्नतिको लामो लडाई भएको छ विधि र प्रक्रिया नपुराई पदोन्नति गर्दा स्टे अर्डरले काटिने भएकोले र भने जस्तो प्रमोसन गर्दा २४ करोड वार्षिक सरकारले आर्थिक दायित्व व्यहोर्नुपर्ने हुँदा उसलाई मिलाएर लान पहल भइरहेको मन्त्री बस्नेतले बताए ।
बिपी प्रतिष्ठान धरानको मात्र प्रतिष्ठा होइन एसियाकै ठुलो अस्पताल मध्ये एक हो त्यसैले बिपी प्रतिष्ठा हामी सबैको प्रतिष्ठा हो यहाँको बेथिति, अव्यवस्थितहरूलाई अनुगमन गरेर के,कसो छ त्यसलाई हटाउन काठमाडौँ फर्कन साथ गर्न थाल्ने उनले बताए ।
बिपी प्रतिष्ठानमा पछिल्लो समयमा बिरामीहरूको चाप बढेता पनि त्यसै अनुरूपले यस संस्थाको भौतिक संरचनाको विकास हुन नसकेको र भनेजस्तो गरी स्वास्थ्य सेवा दिन पनि नसकेको कारण हालको समस्याबाट यस स्वास्थ्य संस्थालाई निकास दिनको लागी भन्दै नेपाली काँग्रेसका प्रतिनिधीहरुले दीर्घकालीन रूपमा विविध समस्याहरूको समाधानका लागि ज्ञापन पत्र समेत पेस गरेको थियो ।
ज्ञापन पत्रमा निर्माणाधीन रही विविध कारणले कार्य स्थगित भएको मातृ शिशु अस्पताल, क्यान्सर रोग अस्पताल, रोकिएको बिमा रकम, विविध मेशिनहरू लगायतको महत्त्वपूर्ण कार्यहरू पेस गरेको थियो ।
अन्तरक्रिया तथा छलफल कार्यक्रममा नेपाली काँग्रेसको केन्द्रीय सदस्य राजीव कोइराला, प्रदेश सदस्य उमेश थापा, केदार भण्डारी लगायत धरानका नेपाली काँग्रेस नेताहरूको उपस्थिति रहेको थियो ।
Discussion about this post