झापा । झापाको हल्दिवारीमा रहेको एक सहकारी संस्थाबाट रकम चोरेर भागेका एक व्यक्तिलाई प्रहरीले एक वर्षपछि पक्राउ गरेको छ । हल्दिबारीस्थित एकता बहुउद्देश्यीय सहकारी संस्थाबाट चोरी भएको घटनाका आरोपीलाई प्रहरीले सर्लाहीबाट पक्राउ गरेको छ । हल्दिबारी गाउँपालिका–२ स्थित एकता बहुउद्देश्यीय सहकारी संस्थामा २०७९ साल माघ २० गते चोरी भएको उजुरीका आधारमा सर्लाहीकै सुजित आलेलाई पक्राउ गरिएको हो ।
घटना भएको करिब ११ महिनापछि आलेलाई पक्राउ गरी अनुसन्धानका लागि झापा ल्याइएको जिल्ला प्रहरी कार्यालयका झापाका प्रहरी नायब उपरीक्षक खगेन्द्रप्रसाद रिजालले जानकारी दिए । २०७९ साल माघ २० गते उक्त सहकारीको मुख्य गेट र भल्ट सेफ फुटाई ११ लाख ७ हजार ७ सय ६३ रुपैयाँ चोरी भएको संस्थाका अध्यक्ष हरिकृष्ण अधिकारीले बताए । घटनापछि आरोपित आले भारतमा लुकेर बसेका थिए । घर आएको मौकामा उनलाई पक्राउ गरिएको हो ।
Discussion about this post