राष्ट्रपति विद्यादेवी भण्डारी भोली धरान आउने हुनुभएको छ । धरानका विभिन्न मठ मन्दिरको दर्शन एवं पूजा अर्जना गर्न उहाँ धरान आन लाग्नुभएको इलाका प्रशासन कार्यालय धरानका प्रमुख चुडाराज भट्टराईले जानकारी दिनुभयो ।
राष्ट्रपति भण्डारी मकर सक्रान्तिका अवसरमा बराहक्षेत्रमा मकर स्नान गर्न तथा बराहक्षेत्र मन्दिरको दर्शन गर्ने कार्यक्रम तय भएको छ ।
बराहक्षेत्र मन्दिरको दर्शन पश्चात उहाँ धरानको दन्तकाली मन्दिरमा पुजा अर्जना गर्ने त्यसपश्चात पिण्डेश्वर मन्दिरहुँदै बुढासुब्बा मन्दिर पुग्ने जानकारी भट्टराईले दिनुभयो । राष्ट्रपति भण्डारीको स्वागत कार्यक्रम पिण्डेश्वर मन्दिर परिसरमा हुने तथा प्रदेशका मुख्यमन्त्री तथा मन्त्रीहरुले नेपाली सेनाको क्याम्प फुस्रेमा स्वागत गर्ने जनाइएको छ ।
राष्ट्रपति भण्डारी धरान आउने भएपछि धरानको सुरक्षा व्यवस्था समेत कडा पारिएको छ । आज विहान सुरक्षा सन्यन्त्रको बैठक धरान उपमहानगरपालिकामा बसेको थियो । बैठकले राष्ट्रपति भण्डारीको धरान भ्रमण सुरक्षित रहने निष्कर्ष निकालेको छ ।
Discussion about this post