चाहाना बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १५औँ वार्षिक साधारणशभा सम्पन्न भएको छ । शभाले सर्वसम्मतरुपमा नयाँ नेतृत्व चयन गर्न सफल भएको छ । होमनाथ खड्काको अध्यक्षतामा संस्थाले नयाँ नेतृत्व चयन गरेको हो ।
संचालक समितिको उपाध्यक्षमा ओमप्रकाश अधिकारी चयन भएका छन् । कोषाध्यक्षमा अमरबहादुर बुढाथोकी चयन हुदा संचालक समिति सचिवमा ओमप्रकाश निरौला चयन भएका छन् । त्यस्तै संचालक समिति सदस्यमा भिखनलाल चौधरी, सन्तोष कुमार कट्वाल,योगेन्द्र पौडेल, इन्द्र बहादुर रसाइली, रुकमणी पुरी चयन भएका छन् । अन्य संचालक समिति सदस्यहरुमा साबित्री बुढाथोकी, बासुदेव खड्का, बिशाल खुलाल, कविता राई चयन भएका छन् ।
संस्थालाई थप उचाइमा पुर्याउदै उदाहरणीय बनाउनु नै नयाँ कार्यसमितिको उद्देश्य रहेको नवनिर्वाचित अध्यक्ष होमनाथ खड्काले बताए । सफलतापुर्वक साधारणशभा सम्पन्न गर्न सहयोग गर्ने सबैलाई नवनिर्वाचित अध्यक्ष खड्काले धन्यवाद दिएका छन् ।
करिव १६ करोड १७ लाख बचत गर्न सफल चाहाना बचत तथा ऋण सहकारी संस्था लिमिटेडको चुक्ता पुँजी करिव १ करोड ९० लाख रहेको छ । यस संस्थामा ५ सय ९४ जना शेयर सदस्य रहेको अध्यक्ष खड्काले जानकारी दिएका छन् ।
Discussion about this post