काठमाडौं । काठमाडौंमा नक्कली मदिरा बेचबिखन गर्ने नौ जना पक्राउ परेका छन् । नेपाल प्रहरीको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले बुधबार दिउँसो पत्रकार सम्मेलन गरी विभिन्न स्वदेशी तथा विदेशी ब्राण्डका नक्कली मदिरा उत्पादन गरी बिक्री वितरणमा संलग्न गिरोह पक्राउ परेको जानकारी गराएको हो ।
काठमाडौंको कागेश्वरी नगरपालिकास्थित थलीमा एक घर भाडामा लिई उनीहरूले नक्कली मदिरा उत्पादन गरी बजार मूल्य भन्दा कम मूल्यमा बिक्री वितरण गर्ने गरेको सो कार्यालयका डिएसपी अनिल घिमिरेले बताए । पक्राउ पर्नेहरूमा रामेछापका वर्ष २८ का मनोज खत्री र वर्ष ३६ का विनोदकुमार कार्की, सिन्धुपाल्चोकका २७ वर्षका मोहन खड्का, सिन्धुलीका वर्ष २८ का गौरव तामाङ, काठमाडौं कागेश्वरी मनोहरा नगरपालिकाका ३६ वर्षका सुमन नगरकोटी, सिन्धुलीका ४० वर्षका अर्का लेखविक्रम थापा रहेका छन् ।
उनले भने, ‘खुकुरी रम, गोल्डेन वेक, पाइटर, सिग्नेचर, ३६५ ब्ल्याक र यो मदिरा बनाउन प्रयोग गरिने विभिन्न सामानहरू, सगुन ब्राण्डको मदिरा, चिनी मिश्रित तरल पदार्थ, रक्सीका खाली बोतलहरू, आन्तरिक राजश्व विभागको अन्तःशुल्क स्टिकरहरु, लेबलिङ गर्ने सामानहरू, यसको प्याकेजिङ गर्ने सम्पूर्ण सामानहरू बरामद गरेर यो नौ जना मानिसहरू समेतलाई पक्राउ गरी यस कार्यालयमा ल्याएका छौँ ।’
Discussion about this post