इलाम : इलाममा जारी प्रथम एनआरएनए इलाम गोल्डकपमा आयोजक रेडहर्ष फुटबल क्लबले सेमिफाइनलको यात्रा तय गरेको छ । इलामको ठुलो टुँडिखेलमा शनिवार भएको उद्घाटन खेलमा
मानेभञ्ज्याङ फुटबल क्लब दार्जिलिङ भारतलाई ४(० गोल अन्तरले पराजित गर्दै आयोजक रेडहर्षले सेमिफाइनलको यात्रा तय गरेको हो ।
राष्ट्रिय टोलिका पूर्व कप्तान नवयुग श्रेष्ठको कप्तानीमा मैदान उत्रिएको आयोजक रेडहर्षका लागि श्रेष्ठले ह्याट्रिक गरे । सोही टिमका उत्सव राईले थप एक गोल गरेका थिए । उनले खेलको १३ औं मिनेटमा गोल गर्दै खाता खोलेका थिए । पछि श्रेष्ठले ५५, ६५ र ८२ मिनेटमा गोल गर्दै गोल सङ्ख्या चार बनाउँदै टिमलाई सेमिफाइनलको यात्रामा पुर्याएका हुन् ।
पाहुना टोली भारतको मानेभञ्ज्याङले केही अवसर सिर्जना गरे पनि गोलमा परिणत गर्न सकेन । अन्तत पहिलो चरणबाटै न बाहिरियो । खेलको म्यान अफ द म्याच आयोजक रेडहर्षका कप्तान नवयुग घोषित भए । उनले नगद पाँच हजार सहित ट्रफि समेत प्राप्त गरे ।
भोलि आइतबार दोस्रो क्वाटर फाइनलमा राष्ट्रिय जागृति क्लब इटहरी र बिर्तामोड युनाइटेड झापाबिच प्रतिस्पर्धा हुने आयोजक समितिका सचिव प्रकाश घिमिरेले जानकारी दिए ।
Discussion about this post