इलाम / इलाममा जारी प्रथम इलाम गोल्ड कपमा आज बिर्तामोड युनाइटेड झापा र राष्ट्रिय जागृति क्लब इटहरीबिच प्रतिस्पर्धा हुने छ । रेड हर्ष फुटबल क्लबद्वारा आयोजित प्रतियोगिता दिउँसो २ बजे पछि हुने छ । प्रतियोगितामा भारतको एक सहित आठ टिमको सहभागिता रहेको छ ।
माघ १३ गतेसम्म सञ्चालन हुने गोल्ड कपको विजेताले नगद रु पाँच लाख र उपविजेताले नगद रु तीन लाखसहित पदक र प्रमाणपत्र पाउनेछन् । सर्वाधिक गोलकर्ता, उत्कृष्ट खेलाडी, उत्कृष्ट किपर, उत्कृष्ट मिडफिल्डर, उत्कृष्ट डिफेन्डर, उदीयमान खेलाडी र उत्कृष्ट कोचलाई खेलको अन्तिम दिन नगद रु पाँच हजार पुरस्कार प्रदान गरिने आयोजकले जानकारी दिएको छ ।
Discussion about this post