पाँचथर : पाँचथरका तीन वटा मा सहरी वडाहरु रहेका छन् । राष्ट्रिय तथ्याङ्क कार्यालयकाका अनुसार ६० वटा वडाहरूमध्ये ३ वटा वडा सहरी क्षेत्रमा परेका छन् । बाँकी सबै वडा ग्रामीण क्षेत्रमा परेका छन् ।
तथ्याङ्क अनुसार फिदिम १ र २, ४ बाहेकका सबै वडाहरू ग्रामीण क्षेत्रमा परेका छन् । तथ्याङ्क कार्यालयले सहरी र ग्रामीण क्षेत्र साथै त्यहाँको जनसङ्ख्या सहित सार्वजनिक गरेको प्रतिवेदनले त्यस्तो देखाएको हो ।
प्रतिवेदनमा नेपाललाई सहरी, सहरोन्मुख र ग्रामीण क्षेत्र गरेर वडागत वर्गीकरण गरिएको छ । भू-उपग्रहबाट प्राप्त चित्र र पछिल्लो जनगणनाबाट प्राप्त तथ्याङ्कलाई समायोजन गरी वैज्ञानिक विधिबाट वर्गीकरण गर्दा यस्तो पाइएको छ ।
Discussion about this post