विराटनगर । लागूऔषध ब्राउन सुगर (खैरो हेरोइन) सहित सोमबार बिहान विराटनगरबाट भारतीय युवकलाई प्रहरीले पक्राउ गरेको छ ।
भारतको जोगवनी घर भएका २० वर्षीय विशाल पोदारलाई लागूऔषध नियन्त्रण ब्युरोको टोलीले बिहान ११ बजेतिर पक्राउ गरेको हो । विराटनगर महानगरपालिका–१५ स्थित १ नम्बर ढाटबाट उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
शरीर खानतलासी गर्दा पोदारको साथबाट ३.११ ग्राम ब्राउन सुगर बरामद भएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी रन्जनकुमार दाहालले जानकारी दिए ।
भारतको जोगवनीबाट पैदल नै नेपालतर्फ आउँदै गर्दा प्रहरीले नियन्त्रणमा लिएर उनको शरीर खानतलासी गरेको थियो । त्यस क्रममा कम्मरको पेटीभित्र राखेर ल्याइएको अवस्थामा ब्राउन सुगर फेला परेको डीएसपी दाहालले बताए ।
पोदारलाई इलाका प्रहरी कार्यालय रानीको हिरासतमा राखिएको छ । उनीविरुद्ध लागूऔषध ऐनअन्तर्गतको मुद्दा चलाइने जानकारी दाहालले दिए ।
Discussion about this post