काठमाडौँ । स्व गिरिजा प्रसाद कोइरालाको स्मृतिमा स्थापित जी पी कोइराला फाउन्डेसन, क्यानडाको सभापतिमा केदार प्रसाद निरौला मनोनीत भएका छन् ।
केदार प्रसाद निरौलालाई फाउन्डेसनको केन्द्रीय सभापति एवम् नेपाली काँग्रेसकी केन्द्रीय सदस्य, पूर्व उपप्रधान तथा परराष्ट्रमन्त्री शुजता कोइरालाले मनोनीत गरेको जानकारी प्रेस विज्ञप्ति मार्फत जानकारी गराइएको छ।
नेपाली जनसम्पर्क समिति क्यानडाका सभापति बुद्धि प्रकाश वलीले केदार निरौलालाई हार्दिक बधाई तथा सफल कार्यकाल को शुभकामना व्यक्त गरेका छन् । साथै “भविष्यमा यस संस्थाको सङ्गठन निर्माण र गिरिजा प्रसाद कोइरालाले अङ्गालेको नीति र राजनीतिक बाटोमा प्रगतिका निम्ति यहाँको महत्त्वपूर्ण भूमिका रहनेछ भन्ने विश्वासका साथ नेपाली जनसम्पर्क समिति क्यानडाको अभिलेखमा समावेश गरी पुनः तपाईँ सभापति केदार निरौला ज्यु लगायत सम्पूर्ण कार्यसमिति परिवारलाई हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना” व्यक्त गरेका छन् ।
Discussion about this post