विराटनगर / आन्तरिक मामिला तथा कानुन मन्त्री शमशेर राईले मन्त्रालयले सुरु गरेको हामी स्वयमसेवी अभियानलाई मिसनका रूपमा अगाडी बढाइने बताएका छन् ।
मन्त्रालय अन्तर्गतको अभियानले आयोजना गरेको जिल्ला संयोजकहरूलाई अभिमुखीकरणलाई सम्बोधन गर्दै उनले कार्यक्रमलाई सफल बनाउन आफू सधैँ लाग्न तयार रहेको बताएका हुन् ।
उनले कार्यक्रमलाई सफल बनाउन मिसनकै रूपमा अघि बढ्ने बताउँदै विभिन्न निर्देशन समेत दिएका छन् । कार्यक्रममा सचिव लक्ष्मी प्रसाद पौडेल र कार्यक्रमका प्रदेश संयोजक निष्कल राई लगायत १४ जिल्लाका जिल्ला संयोजकहरू अब गर्ने कामका विषयमा गर्नु पर्ने कामका बारेमा जानकारी गराएका थिए ।
मन्त्री राईले हामी स्वयमसेवी अभियानलाई मिसनको रूपमा लिँदै लागू पदार्थ, मादक पदार्थ र बिपद व्यवस्थापनलाई कसरी न्यूनीकरण गर्न सकिन्छ भन्ने विषयमा गम्भीर हुन सुझाव समेत दिए ।
बिपद व्यवस्थापनमा अहिलेको युवा पुस्तालाई आफू सुरक्षित रहेर घर जल्दै गरेको ठाउँमा, पहिरो जाँदै गरेको ठाउँमा मैले स्वयम्सेवीको रूपमा के गर्नु पर्छ भन्ने चेतना भर्न सफल हुनु पर्नेमा यसमा लाग्नेहरुलाई लाग्न आग्रह गरे ।
युवाहरुको असल चरित्र र मेहनतले नै देश समृद्ध बन्ने कुरा व्यक्त गरे । मन्त्री राईले असल चरित्र निर्माणका लागि सबै किशोर समूहका बिद्यार्थीहरुको रोल मोडल बन्न अभियानकर्ताहरुलार्इ सुझाव दिए ।
मन्त्रालयका सचिव लक्ष्मी पौडेलले समाजको सबै भन्दा ऊर्जाशील युवावर्गलाइ बिद्यार्थी काल देखिनै सामाजिक व्यवस्थापनमा, सामाजिक सरोकारका विषयमा केन्द्रित हुन आग्रह गरे ।
कोसी प्रदेश संयोजक निष्कल राईले अभियानलाई कोसी प्रदेश भरी प्रभावकारी रूपमा अघि बढाउने बताउँदै सबै युवालाई यस अभियानमा जोडिन आग्रह गरे ।
उनले मन्त्रालयले यसका लागि काम गर्ने बताउँदै सकारात्मक सोचका साथ अघि बढ्नुपर्नेमा जोड दिए ।
Discussion about this post