इटहरी । तीन स्वतन्त्र मेयरले राष्ट्रिय सभा मतदान बहिस्कार गरेका छन् । स्थानीय निर्वाचनमा स्वतन्त्र रूपमा निर्वाचित तीन मेयरले राष्ट्रिय सभा निर्वाचनको मतदान बहिस्कार गरेका हुन् ।
यसरी मतदान बहिस्कार गर्नेमा काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह ‘बालेन’, धरान उपमहानगरपालिका मेयर हर्कराज राई ‘साम्पाङ’ र धनगढी उपमहानगरपालिकाका मेयर गोपाल हमाल ‘गोपी’ छन् ।
बालेनको मतदान केन्द्र बागमती प्रदेशको हेटौँडा, हर्कको मतदान केन्द्र कोशी प्रदेशको विराटनगर र गोपालको मतदान केन्द्र सुदूरपश्चिमको धनगढीमा थियो । मतदानका लागि बिहीबार बिहान ९ देखि ३ बजेसम्मकाे समय तोकिएको थियाे ।
तीनैजना सम्बन्धित प्रदेशको मतदान केन्द्रमा उपस्थित भएनन् । तीनैजना मेयरले कार्यव्यवस्ता देखाउँदै मतदान बहिस्कार गरेका हुन् ।
Discussion about this post