विराटनगर । राष्ट्रिय सभा निर्वाचन अन्तरगत आज भएको मतदानको मतगणना सुरु भएको छ ।
सहायक निर्वाचन अधिकृत हेमबहादुर बुढाथोकीले मतगणना सुरु भएको बताए । उनले मत परिणाम दुई घण्टामा आइसक्ने जानकारी दिए ।
बिहान ९ बजेदेखि सुरु भएको कोशी प्रदेश राष्ट्रियसभा निर्वाचनमा ३ जना स्थानीय तहका प्रतिनिधि बाहेक सबैले मतदान गरेका छन् ।
मतदान नगर्नेहरूमा धरान उपमहानगरपालिकाका प्रमुख हर्क साम्पाङ, मोरङको ग्रामथान गाउँपालिकाका अध्यक्ष जयप्रकाश गच्छदार मतदानमा अनुपस्थित भए । यस्तै झापा गाउँपालिकाका अध्यक्ष जयनारायण शाह निलम्बित छन् ।
उनलाई यसअघि नै भ्रष्टाचारको मुद्दा लागेको छ । प्रदेशसभामा रहेका ९३ जना नै प्रदेशसभा सांसदले मतदान गरेका छन् ।
फागुन २० गतेबाट रिक्त हुन लागेका २० पदमध्ये १९ पदमा आज मतदान हुँदै छ । त्यसमध्ये कोशी प्रदेशमा अन्य १ जना र महिला १ जनाका लागि चार जना उम्मेदवार चुनावी मैदानमा छन् ।
जसमा सत्ता गठबन्धनबाट काँग्रेसका कृष्णप्रसाद सिटौला र माओवादीबाट चम्पा कार्की उम्मेदवार छन् भने एमाले–राप्रपा गठबन्धनबाट एमालेकी रुक्मिणी कोइराला र राप्रपाका उद्धव पौडेल उम्मेदवार छन् ।
Discussion about this post