पाँचथर / पाँचथरमा छिमेकीको भरुवा बन्दुकको प्रहारबाट एक व्यक्ति घाइते भएका छन् । भरुवा बन्दुकको छर्रा लागेर फिदिम नगरपालिका ११ फलाँटे तिरुवा खालका मेघराज आङ्बो घाइते भएका हुन् ।
सोही गाउँका भीम भनिने भगेन्द्र घिमिरेले प्रहार गरेको भरुवाको छर्रा लागेर आङ्बो घाइते भएको जनाइएको छ ।
आङ्बोको पेटमा छर्रा लागेको प्रहरीले छ । घाइते आङ्बोको उपचारका लागि झापा रेफर गरिएको छ ।
आङ्बोलाई बन्दुक हान्ने घिमिरेलाई प्रहरीले पक्राउ गरेको छ ।
घटनाको विषयमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी निरीक्षक दिवस कुँवरले जानकारी दिए ।
Discussion about this post