पाँचथर / फालेलुङ गाउँपालिकामा आयातित खादा, माला र ब्याच प्रयोग गर्न प्रतिबन्ध गरिएको छ । सूचना जारी गर्दै गाउँपालिकाले यस्ता सामग्री प्रयोगमा प्रतिबन्ध लगाएको हो ।
कार्य कार्यपालिकाको बैठकले धार्मिक प्रयोजन बाहेक अतिथि सत्कारका लागि प्रयोग गरिने आयातित खादा, ब्याच, माला लगायतका सामाग्रीहरूमा प्रतिबन्ध गर्ने निर्णय गरेको थियो ।
गाउँपालिकामा विनियोजित बजेटबाट व्ययभार हुने सार्वजनिक कार्यक्रममा आयातित सामग्री प्रतिबन्ध गर्ने निर्णय गरेपछि स्थानीय उत्पादन र प्रयोगलाई जोड दिइन बताइएको छ ।
आयातित सामग्रीले अनावश्यक खर्च बढेको ठहर गर्दै पालिकाले यस्तो निर्णय गरेको प्रमुख प्रशासकीय अधिकृत डम्बरबहादुर आङ्देम्बेले जानकारी दिए । अतिथि सत्कारका लागि स्थानीय रूपमा उत्पादन भएका सामग्रीको प्रयोगमा जोड दिने उद्धेस्यले आयातित सामग्री प्रतिबन्ध गर्ने निर्णय गरिएको उनको भनाई छ ।
आयातित खादा माला प्रयोग गरिएको बिल, भरपाई पेस भएमा पालिकाबाट भुक्तानी नहुने उल्लेख गरिएको छ ।
Discussion about this post