इटहरी-इटहरीमा जारी स्व. कृष्णप्रसाद भट्टराई स्मृति कोसी प्रदेशस्तरीय फुटबल प्रतियोगितामा आज (शनिबार) फाइनल खेल हुँदैछ ।
बिहीबार भएको अन्तिम सेमिफाइनल खेलमा सिधुँवा सिंहदेवी फुटबल क्लब धनुकटा फाइनलमा प्रवेश गरेसँगै अब धनकुटा र बिटिएफसी ९भगिमान तुम्बाहाम्फे फुटबल क्लब०तेह्रथुम उपाधिका लागि भिड्नेछन् ।
अन्तिम सेमिफाइनल खेलमा सिधुँवाले धरान फुटबल क्लब सुनसरीलाई २–० गोल अन्तरले पराजित गर्दै फाइनलका लागि सिट सुरक्षित गरेको हो ।
द योङ्ग ब्रदर्श क्लब इटहरीको आयोजनामा माघ १३ गतेदेखि भइरहेको प्रतियोगिताको फाइनल खेलमा विजयी टिमले नगद दुई लाख ११ हजार र उपबिजेता टिमले नगद एक लाख ११ हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।
आयोजक कमिटिका अध्यक्ष विजय सुब्बाका अनुसार कोसी प्रदेशका आठ वटा टिम सहभागी भएको प्रतियोगितामा कूल २० लाख खर्च हुने अनुमान गरिएको छ ।
खेलमा बेस्ट किप्परलाई नगद दस हजार, खेल अवधिभर सबैभन्दा बढी गोल गर्ने खेलाडीलाई नगद दस हजार र म्यान अफ द सिरिजलाई नगद १५ हजार रुपैयाँ प्राप्त गर्ने उनले बताए ।
Discussion about this post