इलाम / इलाममा १७ पुराण समापन तथा धार्मिक महोत्सव गरिने भएको छ । इलाम नगरपालिका–६, सिङफ्रिङस्थित सिंह–सिद्ध देवी तथा देवी पाञ्चायन मन्दिर परिसरमा १८ पुराण समापन एवं इलाम धार्मिक महोत्सव–२०८० आयोजना गरिने भएको छ ।
चैत १ देखि ९ सम्म १८ पुराणअन्तर्गत श्री स्कन्ध पुराण आयोजना गरिने भएको आयोजक समितिका संयोजक सन्दीपकुमार बुढाथोकीले जानकारी दिए । उनका अनुसार पुराणमा चर्चित भागवत मञ्जरी राधिका दासीबाट कथा वाचन हुने भएको छ ।
सोही कार्यक्रममा विशिष्ट धर्मगुरुहरूको उपस्थितिमा १७ वटा पुराणको पाठ पारायण, बौद्ध गुरुबाट दोमाङ्ग पाठ र किरात धर्मगुरुबाट मुन्धुम पाठ हुनेछ ।
विगत वर्षहरूमा इलाम जिल्लाका विभिन्न शक्ति पीठमा १७ पुराण सफलतापूर्वक पाठ एवं वाचन सम्पन्न गरिएको थियो ।
महोत्सवबाट आन्तरिक तथा बाह्य धार्मिक पर्यटकलाई इलाममा आकर्षित गरी सिङ्गो इलामको विकास गर्ने लक्ष्य लिइएको छ ।
Discussion about this post