काठमाडौं । सांसद उर्मिला माझीले न्यायपालिका सबैभन्दा भ्रष्ट संस्था भएको बताएकी छन् । प्रतिनिधिसभाको बैठकको शून्य समयमा सांसद माझीले न्यायपालिका परिवर्तन विरोधी भूमिकामा देखिएको गम्भीर आरोप समेत लगाइन् । नेकपा माओवादी केन्द्रबाट प्रतिनिधित्व गर्ने सांसद माझीले मानिस न्यायका लागि अदालत पुग्दा न्याय मर्ने गरेको आरोप लगाइन् ।
“राज्यका तीन अंगमध्ये न्यायपालिका सबैभन्दा भ्रष्ट र परिवर्तनविरोधी जस्तो बनेको छ । अदालत पुग्दा न्याय मर्छ, भ्रष्टले जित्छ भन्ने भएको छ,” सांसद माझीले भनिन्, “नक्कली भुटानी शरणार्थी, ललितानिवास र बाँसबारी छालाजुत्ता प्रकरणले त्यसको पुष्टी गरेको छ ।” उनले सर्वसाधारणका लागि न्याय पहुँच बाहिर जाँदै गरेको भन्दै न्यायलयलाई जिम्मेवार संस्था बनाउन आवश्यक भइसकेको बताइन् ।
“सर्वसाधारण न्याय माग्न पुग्दा हजुरबुवादेखि नाती पुस्तासम्म कुर्नुपर्ने अवस्था छ,” माझीले भनिन्, “न्यायमा पहुँच स्थापित गर्न र यो संस्थालाई जिम्मेवार बनाउन के गर्नु पर्ने हो ? ”
Discussion about this post