अछाम । नेपाल विद्यार्थी सङ्घ केन्द्रीय सदस्य टेक बहादुर विकले १९९ जना विद्यार्थीहरूलाई शैक्षिक सामाग्री वितरण गरेका छन् ।
केन्द्रीय सदस्य तथा अछाम क्षेत्र २ महाधिवेशन प्रतिनिधि टेक बहादुर विकले अछाम ढकारीका ४ वटा विद्यालयका जेहेन्दार र आमा बुवा गुमाएका विद्यार्थीहरूलाई शैक्षिक सामाग्रीहरू प्रदान गरेका हुन् ।
सदस्य विकले शिशु सुधार प्रा वि का ७६ जना , बिधा प्रबो धिनी उच्च मा वि का ४५ जना , त्रिपुरा सुन्दरी मा वि २५ जना , गुरुकुल मा वि का ५३ जना , बिद्यार्थीहरुलाई कपी कलम लगायतका शैक्षिक सामाग्रीहरू वितरण गरेका हुन् ।
विद्यार्थीहरूलाई अध्ययनको क्रममा शैक्षिक सामग्रीहरूको कमी नहोस् भन्ने उद्देश्यले शैक्षिक सामाग्रीहरू वितरण गरेको सदस्य विकले बताए ।
Discussion about this post