धरान । धरानमाा जारी २३ औं टुबोर्ग गोधुली फुटबल रनिङ कपमा वडा नं. १ लाई ४–२ गोल अन्तरले पराजित गर्दै ५ नं. वडा सेमिफाइनलमा प्रवेश गरेको छ ।
५ नं. वडा पहिलो पटक गोधुली रनिङ कपको सेमिफाइनलमा प्रवेश गरेको हो । आज धरान रंगशालामा भएको पहिलो क्वाटर फाइनल खेलमा वडा नं. १ लाई पराजित गरेसँगै ५ नं. वडा सेमिफाइनल प्रवेश गरेको हो ।
५ नं. वडाकालागी मन्दिप राईले दुई गोल गरे भने सुगम राई र साजन लिम्बूले एक÷एक गोल गरे । खेलमा दुई गोल गरेका मन्दिप राई म्यान अफ द म्याच घोषित भए । उनलाई नगद दुई हजार र ट्रफि पुरस्कार प्रदान गरिएको थियो ।
भोली दोस्रो क्वाटर फाइनल खेलमा वडा नं. धरान–१६ र धरान–१४ भिड्दैछन् । प्रतियोगिताको फाइनल खेल माघ १४ गते धरान रंगशालामा हुनेछ । पुष ३० गतेदेखि माघ १४ गतेसम्म धरान रंगशालामा हुने प्रतियोगितामा धरानका २० वटै वडाको सहभागिता रहेको छ ।
प्रतियोगिताको बिजेताले नगद १ लाख ५० हजार, उपबिजेताले नगद ७५ हजार र विधागत उत्कृष्टले नगद ५ हजार पुरस्कार प्राप्त गर्नेछन् ।प्रतियोगिताको आयोजना धरानको गोधुली क्लबले गरेको हो भन प्रतियोगितालाई टुवोर्ग वियरले मुख्य प्रायोजन गरेको छ । धरानको १७ नं. वडा कार्यालय, धरान–१७ समाज हङकङ र सेन्ट जोसेफ स्कुले सहप्रायोजन गरेका छन् ।
Discussion about this post