वराहक्षेत्र । सुनसरी जिल्लाको कान्छो नगरपालिकाको रूपमा रहेको वराहक्षेत्र नगरपालिका स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कन (लिजा)का आधारमा जिल्लामा रहेका उपमहानगरपालिकाहरू, नगरपालिकाहरू र गाउँपालिकाहरू भन्दा उत्कृष्ट अङ्क प्राप्त गरेको छ । वराहक्षेत्रले १ सय पुर्णाङमा ९१ अङ्क प्राप्त गरेको हो ।
सङ्घीय सरकारद्वारा आगामी आर्थिक वर्षको बजेट निर्माण प्रक्रियामा स्थानीय तहलाई विनियोजन गर्ने शसर्त र निशर्त अनुदान बाँडफाँड गर्न हरेक वर्ष गरिने स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कन (लिजा) मा वराहक्षेत्र नगरपालिकाले १०० पुर्णाङकमा ९१ अङ्क प्राप्त गरेको छ । काठमाडौँ महानगरपालिकाले ७८.५० अङ्क प्राप्त गरेको छ भने छिमेकी धरान उपमहानगरपालिकाले ७१.५ , रामधुनी नगरपालिकाले ७३, इटहरीले ८१.२५ अङ्क अङ्क प्राप्त गरेको छ ।
गत वर्ष पनि उत्कृष्ट र प्रभावकारी कार्य सम्पादन गर्दै वराहक्षेत्र नगरपालिकाले यस वर्ष पनि उत्कृष्ट अङ्क हासिल गरेको हो ।
मूल्याङ्कनका विभिन्न १० वटा विषय क्षेत्रमा वराहक्षेत्र नगरले आफ्नो कार्यसम्पादनमा सुधार गर्दै अङ्क बढाएको नगरपालिका प्रमुख प्रशासकीय अधिकृत देबेन्द्रबहादु मल्लले बताए ।
जसमा १ सय पूर्णमा शासकीय प्रबन्धमा १०० सत् प्रतिशत , सङ्गठन तथा प्रशासनमा १०० अङ्क , वार्षिक बजेट तथा योजनामा व्यवस्थापनमा ८६.३६ अङ्क , वित्तीय एवम् आर्थिक बेस्थापनमा १०० अङ्क , सेवा प्रवाहमा ९३.७५ अङ्क , सहकार्य र समन्वयमा ३३.३३ अङ्क , न्यायिक कार्य सम्पादन १०० अङ्क, भौतिक पूर्वाधार ९२.३१ अङ्क त्यस्तै सामाजिक समावेशीकरणमा १०० अङ्क , वातावरण संरक्षण तथा बिपद व्यवस्थापनमा ८३.३३ प्रतिशत गरी समग्रमा स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कन (लिजा) का १ सय पुर्णाङमा ९१ अङ्क प्राप्त गरेको नगरपालिका प्रमुख प्रशासकीय अधिकृत देबेन्द्रबहादु मल्लले जानकारी दिए ।
Discussion about this post