धरान । राजस्व छलि गरेको एनसेल कम्पनिको रिचार्ज कार्ड र सुर्तिजन्य पदार्थका समानहरु ईलाका प्रहरी कार्यालय धरान सुनसरीले पक्राउ गरेको छ ।
धरान उपमहानगरपालिका वडा नं. ८ तिनकुने स्थित कोशी लोकमार्ग सडक खण्डमा बिभिन्न सवारी साधन तथा मानिसहरुलाई समेत चेकजाँच गर्ने क्रममा ईटहरी बाट धरान तर्फ आउदै गरेको सार्वजनिक यात्रुबाहक बसलाई रोकी चेकजाँच गर्ने क्रममा संका लागि उक्त बसको हुड (छत) मा शंकास्पद अवस्थामा रहेको कार्टुन खोली चेकजाचँ गर्दा उक्त कार्टुन भित्र राजस्व छलि ल्याएका एनसेल कम्पनीको बिभिन्न दरका समेत गरि जम्मा २५ लाख ५० पचास हजार बराबरको रिचार्ज कार्ड बरामद गरिएको ईलाका प्रहरी कार्यालय धरान सुनसरीका प्रहरी नायब उपरिक्षक नवराज मल्लले बताए ।
त्यसैगरी सोही स्थानमा सवारी साधन तथा मानिसहरुलाई समेत चेकजाँच गर्ने क्रममा जनकपुर तर्फबाट धरान आउदै गरेको सार्वजनिक यात्रुबाहक बसलाई रोकी चेकजाँच गर्दा सिटमा लुकाई छिपाई भन्सार राजस्व छलि गरि झोला भित्र लुकाई छिपाई ल्याएको अवस्थामा १३ सय ५० ओटा रजनि गन्धा, १३ सय ५० ओटा तुलसी, नागिन २० बट्टा, रेस्मा टोब्याको–२० वटा समेत करिव ४० हजार मुल्य बराबरको सुर्तिजन्य पदार्थ फेला परि बरामद गरि आवश्यक कारवाहीको लागी आन्तरिक राजस्व कार्यालय धरान सुनसरीमा बुझाईएको नायब उपरिक्षक मल्लले बताए ।
Discussion about this post