Notice: Undefined offset: 1 in /home/pradeskh/public_html/wp-content/themes/jnews/class/ContentTag.php on line 86

उपप्रधान एवं ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री राजेन्द्र लिङ्देनले हिन्दू राष्ट्रको मुद्दा अब झन बलियो बन्दै जाने बताएका छन् ।
लिङ्देनलेले झापामा आयोजित एक कार्यक्रममा बोल्दै सो कुरा बताएका हुन् ।
राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमअन्तर्गत झापाको अर्जुनधारा नगरपालिका–१ साधुटारस्थित शङ्कारचार्यपीठ वेद वेदाङ्ग संस्कृति पाठशालाको नवनिर्मित भवनको उद्घाटन गर्न आज उपप्रधान एवं ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री लिङ्देन झापा आएका थिए ।
राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्षसमेत रहेका उपप्रधानमन्त्री लिङ्देनले रु ४५ लाखको लागतमा बनेको दुईतले, चार कोठे वेद वेदाङ्ग संस्कृत पाठशाला तथा सिद्धेश्वरी कामना गौशाला भवनको आज उद्घाटन गरेका हुन् । लिङ्देनले आफू सरकारमा गएर हिन्दू राष्ट्रको मुद्दा कमजोर नहुने बरु सशक्त बन्दै जाने उल्लेख गरे ।
मन्त्री लिङ्देनले भ्रष्टाचार नगर्ने र मुलुकमा सुशासन कायम गर्ने कुरामा आफू प्रतिबद्ध भएको उल्लेख गरेका छन् ।
Discussion about this post