झापा । झापाको अर्जुनधारा नगरपालिका–१ मदनपुरमा हात्तीले एउटा घर भत्काएर अन्न खाएको छ ।
आज बिहानको राति १ः४५ बजे अर्जुनधारा–१ मदनपुरका बलबहादुर तामाङको बासको टाटीले बेरेको जस्ताको छानो भएको एक तले घर जङ्गलबाट ती वटा हात्ती आएर घर पुर्ण रुपमा भत्काएको हो । ती हात्तीले घरभित्र रहेको धान, चामल खाएको छ । साथै लत्ता कपडा, भाडा वर्तन गरी करिब तीन लाख रुपैयाँ बराबरको गरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । हात्तीले उत्पात मच्चाएर पुनः जंगलतर्फ गएको प्रहरीले जनाएको छ ।
Discussion about this post