Notice: Undefined offset: 1 in /home/pradeskh/public_html/wp-content/themes/jnews/class/ContentTag.php on line 86

नेपाली कांग्रेसले राष्ट्रपतिको निर्वाचनलाई केन्द्रमा राखेर गतिविधि अगाडि बढाएको छ । कांग्रेस सभापति शेरबहादुर देउवाले राष्ट्रपतिका सन्दर्भमा आन्तरिक छलफललाई तीव्रता दिएका छन् ।
माघ ५ र ७ मा भएको सभामुख र उपसभामुखको निवार्चनमा पराजय भोगेको कांग्रेस राष्ट्रपति निर्वाचनमा सफलता हात पार्ने रणनीति बनाइरहेको छ ।
पार्टीको आन्तरिक मतभेदलाई थाँती राखेर कांग्रेस सभापति देउवाले रणनीतिक छलफल अगाडि बढाएको पाइएको छ ।
राष्ट्रपति निर्वाचनका सन्दर्भमा छलफल गर्न देउवाले बुधबार बिहान शीर्ष नेताको बैठक बोलाएको छ ।
माघ १५ कांग्रेस केन्द्रीय कार्यसमिति बैठक बस्दै छ । पहिलो पटक पुस २२ गतेका लागि बोलाएको बैठक पुस २८ गतेका लागि सारिएको थियो । उक्त मितिमा पनि बैठक बस्न नसकेपछि माघ १५ गते बैठक केन्द्रीय समिति बैठक बस्दैछ ।
Discussion about this post