Notice: Undefined offset: 1 in /home/pradeskh/public_html/wp-content/themes/jnews/class/ContentTag.php on line 86

प्रतिनिधिसभाको अर्काे बैठक माघ १८ गते बस्ने भएको छ । बैठक माघ १८ गते दिउँसो १ बजे बस्ने गरी स्थगित भएको सभामुख देवराज घिमिरेले जानकारी दिए ।
मंगलबारको बैठकले २१ सदस्यीय नियमावली मस्यौदा समिति गठन गरेको छ । समितिको सदस्यहरूमा अनिता देवी, अमरेशकुमार सिंह, गङ्गाराम चौधरी, चित्रबहादुर केसी, जीवन परियार, दिलेन्द्रप्रसाद बडू, नागिना यादव छन् ।
यस्तै प्रकाश ज्वाला, प्रदीप यादव र प्रेम सुवाल रहेका छन्। त्यस्तै, महेशकुमार बर्ताैला, रमेश लेखक, लीलानाथ श्रेष्ठ, विद्या भट्टराई, शक्तिबहादुर बस्नेत, सर्वेन्द्रनाथ शुक्ला, सीता गुरुङ, सुवासचन्द्र नेम्वाङ, सोविता गौतम, हितराज पाण्डे र ज्ञानबहादुर शाही पनि समितिमा छन् ।
समितिलाई १५ दिनको समय दिइएको छ । सभामुखको सामान्य निर्देशनमा रही समितिले आफ्नो कार्यविधि आफैंले व्यवस्थित गर्न सक्नेछ ।
समितिका सदस्यहरूले आफूमध्येबाट एकजना सभापति चयन गर्नेछन् भने समितिले आवश्यक लागेमा विशेषज्ञलगायत सम्बन्धित अन्य व्यक्तिको सहयोग लिनसक्नेछन् ।
Discussion about this post