ताप्लेजुङ / ताप्लेजुङमा जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्डको उपाधि आठराई त्रिवेणी गाउँपालिकाले हात पारेको छ । कूल ६६ स्वर्णमध्ये ३५ स्वर्ण जितेको आठराईले १८ रजत र कास्य सहित ५८ पदक जितेको हो ।
फुङलिङ नगरपालिका दोस्रो बन्यो । उसले २१ स्वर्ण, ८ रजत र २ कास्य सहित ३१ पदक हात पारेको जिल्ला खेलकुद विकास समिति ताप्लेजुङका अध्यक्ष नरेन्द्र माबोले जानकारी दिए ।
३ स्वर्ण,४ रजत र ५ कास्य सहित मैवाखोला गाउँपालिका १२ पदक सहित तृतीय भयो । ३ स्वर्ण, २ रजत र ३ कास्य सहित ८ पदकका साथ पाथीभरा याङवरक गाउँपालिका चौथो भयो । २ स्वर्ण, ७ रजत र ३ कास्य गरी कूल १२ पदकका मैवाखोला गाउँपालिका पाँचौँ भएको छ भने १ स्वर्ण, २ रजत र ६ कास्य सहित ९ पदकका साथ सिदिङ्वा गाउँपालिका छैटौँ भएको जनाइएको छ ।
१ स्वर्ण, १ रजत र ४ कास्य गरी कूल ६ पदकका साथ मेरिङदेन गाउँपालिका सातौँ भयो । फक्ताङ्लुङ र सिरिजङ्गा गाउँपालिका स्वर्णविहीन भए । सिरिजङ्गा गाउँपालिकाले ४ रजत र ३ कास्य सहित ७ पदकका साथ आठौँ स्थान बनाउँदा फक्ताङलुङ गाउँपालिका १ रजत र ३ कास्य सहित ४ पदकका साथ नवौँ स्थानमा रेको थियो ।
आगामी वर्षको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता मैवाखोला गाउँपालिकामा हुने भएको छ । जसका लागि जिल्ला खेलकुद विकास समितिका अध्यक्ष मावले खेलकुदको झन्डा मैवाखोला गाउँपालिकाका प्रवक्ता एवम् वडा नं १ का वडाध्यक्ष चन्द्रकुमार तामाङलाई हस्तान्तरण गरे ।
यस बर्षको जिल्ला राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको संयोजन आठराई त्रिवेणी गाउँपालिकाले गरेको थियो ।
Discussion about this post