काठमाडौं । पूर्वी युक्रेनको एक तालिम क्षेत्रमा दुईवटा मिसाइल प्रहार हुँदा कम्तीमा ६० रुसी सेनाको मृत्यु भएको छ । डोनेट्स्क क्षेत्रमा एक वरिष्ठ कमाण्डरको आगमनको स्वागतका लागि रुसी सेनाहरू भेला भएका बेला क्षेप्यास्त्र प्रहार भएको बीबीसीले जनाएको छ ।
एक रुसी अधिकारीले आक्रमण भएको पुष्टि गरे पनि समाचारमा आएजस्तो डरलाग्दो प्रहार नभएको प्रतिक्रिया दिएका छन् । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले रक्षामन्त्री सर्गेई शोइगुलाई भेट्नुभन्दा केही घण्टाअघि आक्रमण भएको बताइएको छ । तर दुई नेताबीच पछिल्लो मिसाइल आक्रमणका विषयमा छलफल नभएको बीबीसीले जनाएको छ ।
दुई शीर्ष नेताको बैठकमा, रक्षामन्त्री शोइगुले फ्रन्ट लाइनका धेरै क्षेत्रमा रूसी सफलताका बारेमा वर्णन गरेका थिए । डोनेट्स्क क्षेत्रमा भएको घटनाको विषयमा भने रक्षामन्त्रीले कुनै उल्लेख नगरेको समाचारमा उल्लेख छ ।
रुसले कब्जा गरेको गाँउ नजिकैको प्रशिक्षण केन्द्रमा मेजर जनरल ओलेग मोइसेयेभको आगमनको लागि पर्खिरहेका थिए त्यतिनै बेला क्षेप्यास्त्र प्रहार भएको थियो । घटनामा बाँचेका एक सिपाहीले घटनाको भिडियो रेकर्डिङका क्रममा ब्रिगेडका कमाण्डरहरूले उनीहरूलाई खुला मैदानमा उभ्याएको बताए ।
उनीहरूलाई अमेरिकी निर्मित HIMARS प्रक्षेपण प्रणालीबाट प्रहार गरिएको दुईवटा मिसाइलले प्रहार गरेको बताइएको छ । सार्वजनिक भिडियो फुटेजमा मृतकको संख्या अधिक देखिए पनि ६० जनाको मृत्यु भएको भन्दै रुसले घटनालाई लुकाउन खोजेको छ ।nआक्रमणबारे युक्रेनले पनि मुख खोलेको छैन ।
Discussion about this post