इटहरी / इटहरी २० तरहरामा मध्यरातमा स्कुटर दुर्घटना हुँदा एक पुरुषको मृत्यु भएको छ ।
नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरीका अनुसार बिहीबार (आज) बिहानको राति १ः२० बजेतिर इटहरी २० तरहरास्थित शान्ति टोलको भित्री सडकखण्डमा गुडिरहेको स्कुटर आफैँ अनियन्त्रित भइ दुर्घटना हुँदा पुरुषको मृत्यु भएको हो ।
मृतक तितुङ तरहरास्थित प्याराडाइज बोर्डिङ स्कुलका शिक्षक रहेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।
Discussion about this post