सुनसरी – सुनसरीको दुहबी नगरपालिका – ४ माल हटियामा आइतबार राति आगलागी हुँदा स्थानीय सैफल मियाको घर जलेर खरानी भएको छ ।
आगलागीमा परि पन्ध्र लाख बढीको क्षति भएको पीडित मियाले बताएका छन् ।
आगलागीलाई दुहबी नगरपालिका, इटहरी उपमहानगरपालिकाको दमकल साथै स्थानियबासीको सक्रियतामा नियन्त्रणमा लिइएको इलाका प्रहरी कार्यालय दुहबीले जनाएको छ ।
Discussion about this post