इटहरी / इटहरी युथ ओपन क्रु ले ३५ जना रोभर / रेन्जर हरूलाई परम्परागत सीप सिकाएको छ ।
शनिवार राष्ट्रिय माध्यमिक विद्यालयमा पहिला देखि चलिआएका तर आधुनिकताले गर्दा हाल हराउँदै गएका परम्परागत सिप सिकाइएको हो ।
परम्परागत कुराहरूलाई ताजा बनाई व्यवहारिक सिक सिकाउने उद्देश्यले प्रयोगात्मक तरिकाबाट जाँतो चलाउने,ढिकी कुट्ने,टपरा गाँस्ने साथै कोदो ,फापरको रोटी,सिन्कीको अचार,तिलको अचार र टमाटर धनियाँको अचार बनाउन सिकाइएको स्काउट मास्टर संजोग दङ्गलले जानकारी दिए ।
५ जना स्काउट मास्टरहरूले रेन्जरहरूलाई प्रशिक्षण दिएका थिए ।
नयाँ युवाहरूलाई लोप हुँदै गरेका ढिकी जाँतो जस्ता कुराको पनि ज्ञान दिनुपर्छ आउने दिनमा पनि यस्ता कार्यक्रम गर्ने ओपन क्रु का अध्यक्ष फणीन्द्र दाहालले बताए ।
हामी आधुनिक युगमा भए पनि पुराना परम्पराहरू बिर्सिनु हुँदैन त्यसैले किताबी ज्ञान सँगसँगै व्यवहारिक ज्ञान पनि त्यति नै आवश्यक भएको स्काउट पुष्पा कटुवालले बताइन् ।
कार्यक्रममा इटहरी वडा नम्बर -१ का अध्यक्ष रतन कार्की ,विद्यालयका प्रधानाध्यापक तथा क्रुका सल्लाहकार सरन बस्नेतले अवलोकन गर्दै रेन्जरहरूलाई हौसला प्रदान गरेका थिए ।
Discussion about this post