काठमाडौं, १५ फागुन । प्रभु बैंकका डेपुटी सीईओ मनोज न्यौपाने पक्राउ परेका छन् ।
प्रहरीले उनलाई मंगलबार पक्राउ गरेको हो । तत्कालिन सेञ्चुरी कमर्सीयल बैंकमा सीईओ छदा कर्जा हिनामिना गरेको आरोप न्यौपाने माथि छ ।
न्यौपानेका बारेमा केही महिना अघि नै समाचार प्रकाशन भएको थिए ।
समाचारको सूचना दिएको अभियोग लगाउदै न्यौपानेले विरगञ्जका एक व्यक्तिलाई फसाइदिने धम्की समेत दिएका थिए ।
Discussion about this post