इटहरी । शिक्षासँगै अतिरिक्त क्रियाकलापमा समेत अब्बल मानिएको गर्दै आएको सुनसरीको इटहरीमा अवस्थित प्रिमियर ग्लोबलले मिष्टर एन्ड मिस प्रिमियर २०७९-८० छनोट गरेको छ ।
प्रत्येक वर्ष कक्षा ११ मा अध्ययनरत विद्यार्थीहरू बिचमा गराइने यो प्रतियोगिताको चौथो संस्करणमा मिस्टर प्रिमियर र मिस् प्रिमियर छानेको हो । मिस्टर एन्ड मिस प्रिमियर २०७९ मा अविनाश राई र कृतिका श्रेष्ठ विजेता भएका छन् ।
यसैगरी हेमराज राई र डेलिसा लामा फस्ट रनर अप भएका छन् भने करन धमला र कामना जिमी सेकेन्ड रनर अप भएका छन् ।
मिस्टर एन्ड मिस प्रिमियर २०८० मा दामोदर कार्की र सेयुङ्ग लिम्बू विजेता बनेका छन् । यस्तै आदित्य चौधरी र सन्ध्या चौधरी फस्ट रनर अप र हन्सेल कार्की र अल्फा चौधरी सेकेन्ड रनर अप भएका छन् ।
विजेताहरूलाई १० हजार ,फस्ट रनर अपलाई सात हजार र सेकेन्ड रनर अपलाई पाँच हजार रुपैयाँ प्रदान गरिएको स्कुलका प्रधानाध्यापक सुवास लुइँटेलले बताए ।
साथै विभिन्न २६ विद्यामा विद्यागत उत्कृष्ट प्रतियोगी छानिएको थियो । प्रतियोगिहरुलाई नगद पुरस्कार ,ट्रफी , गिफ्ट ह्यम्पर , प्रमाणपत्र , साथै कम्प्युटर कोर्स , बारीष्टा , निस्शुल्क नृत्य तालिम आदि रहेका छन् ।
कार्यक्रमको प्रमुख अतिथि हिसान सुनसरीका अध्यक्ष सागर प्रसाद भट्टराई रहेका थिए ।
प्रतियोगिताका निर्णायकहरूमा सौरभ मान भण्डारी (सिइयो ड्रिम मोड्लिङ्ग एकेडेमी) आयुष्मा बराल (मिस सुनसरी २०७८ विजेता), प्रेक्षा कटुवाल (मोडल अफ् द ईयर २०७६ कि विजेता ) रहेका थिए ।
अतिरिक्त क्रियाकलाप प्रत्येक विद्यार्थीको व्यक्तित्व विकाशको निम्ति महत्त्वपूर्ण र प्रभावकारी अस्त्र सिद्ध भइसकेको वर्तमान समयमा यस्ता प्रकारका प्रतियोगितामा विद्यार्थीहरूको सहभागिताको सुनिश्चितता गर्नसके विद्यार्थीले आफूमा अन्तर निहित प्रतिभाको प्रस्फुटन र विकास गर्न कार्यक्रम सञ्चालन गरिएको प्रधानाध्यापक लुइँटेलले बताए ।
प्रिमियर ग्लोबल स्कुलले जहिले पनि विद्यार्थीको क्षमता अभिवृद्धि गर्नको लागि विभिन्न कार्यक्रम ,अध्ययनका साथै विद्यार्थीको मानसिक, सामाजिक, व्यवहारिक एवं बौद्धिक विकासमा ध्यान दिँदै आइरहेको प्रधानाध्यापक लुइँटेलले बताए ।
Discussion about this post