Notice: Undefined offset: 1 in /home/pradeskh/public_html/wp-content/themes/jnews/class/ContentTag.php on line 86

राष्ट्रिय स्वतन्त्र पार्टीको कार्यवाहक सभापतिमा डोलप्रसाद (डीपी) अर्याल चयन भएका छन् ।
शुक्रबार राति बसेको पार्टीको आकस्मिक बैठकले अर्याललाई कार्यवाहक सभापतिको जिम्मेवारी दिएको हो ।
शुक्रबारै सर्वोच्च अदालतले रास्वपाका सभापति रवि लामिछानेको नागरिकतामा कैफियत देखाउँदै विपक्षमा फैसला सुनाएपछि रास्वपाको आकस्मिक बैठक बसेको थियो ।
बैठकले अर्याललाई कार्यवाहक सभापति बनाउने निर्णय गरेको रास्वपाका महामन्त्री मुकुल ढकालले जानकारी दिए ।
अर्याल समानुपातिक तर्फबाट निर्वाचित भएक थिए ।
Discussion about this post