काठमाण्डौं / आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेडको २६औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ । आइतबार काठमाण्डौं स्थित लैनचौर बैङ्क्वेट्समा साधारण सभा सम्पन्न भएको हो ।
कम्पनीको २६ औँ वार्षिक साधारण सभाबाट आगामी ४ वर्षको लागि हेमराज ढकालको अध्यक्षतामा सञ्चालक समिति चयन गरिएको छ ।
संस्थापक समूहबाट हेमराज ढकाल, विशाल अग्रवाल, अम्बिका प्रसाद पौडेल र कृति टिवडेवाल साथै सर्वसाधारण समूहबाट राजेन्द्र सिंह भण्डारी र अमित अग्रवाल सञ्चालक पदमा निर्विरोध निर्वाचित भएका छन् ।
आइतबार बसेको कम्पनीको १४ औँ बैठकले उल्लेखित सञ्चालकहरू मध्येबाट संस्थापक तर्फका हेमराज ढकाललाई सञ्चालक समितिको अध्यक्ष पदमा सर्वसम्मत रूपमा छनौट भएका हुन् ।
अध्यक्ष चयन भएका ढकालले नेपाल बिमा प्राधिकरणका अध्यक्ष सूर्य प्रसाद सिलवालबाट बिमा ऐन, २०७९ को दफा ४७ को उपदफा (६)बमोजिम पद तथा गोपनीयताको सपथ लिएका छन् ।
त्यसै गरी, सोही बमोजिम कम्पनीको सञ्चालक समितिका अध्यक्षले विज्ञ सञ्चालक कृष्ण प्रसाद शर्मा सहित नवनिर्वाचित सञ्चालकहरूलाई पनि पद तथा गोपनीयताको शपथ ग्रहण गराएका थिए ।
Discussion about this post