Notice: Undefined offset: 1 in /home/pradeskh/public_html/wp-content/themes/jnews/class/ContentTag.php on line 86

इंग्लिस प्रिमियर लिग क्लब चेल्सीले फ्रान्सेली युवा डिफेन्डर मालो गुस्तोलाई क्लबमा अनुबन्ध गरेको छ ।चेल्सीले १९ वर्षीय मालो गुस्तोलाई लिग वान क्लब लियोनबाट ३५ मिलियन युरोमा सन् २०३० सम्मका लागि अनुबन्ध गरेका हुन् ।
तर, गुस्तो सिजभर लाेनमा लियोनमै रहनेछन् । युवा प्रतिभा गुस्तोले २०२१ को जनवरीमा लियोनबाट डेब्यू गरेका थिए । उनले फ्रेन्च लिग वानको क्लब लियोनबाट जारी सिजन १५ खेल खेलेका छन् । लियोन अहिले नवौ स्थानमा छ ।
फ्रान्सको उमेर समूह यू१६, यू१७, यू१९ र यू२१ बाट प्रतिनिधित्व गरिसकेका उनले सिनियर टोलीबाट भने मौका पाएका छैनन् ।
चेल्सीले यस जनवरीमा नोनी मादुके, मिखाइलो मुड्रिक, डेबिड डाट्रो फोफाना, एन्ड्रे सान्तोस र बेनोइट बाडिएसिललाई अनुबन्ध गरिसकेको छ । त्यस्तै, स्पेनिस क्लब एट्लेटिको मड्रिडका फरवार्ड जोआओ फेलिक्सलाई लोनमा अनुबन्ध गरेको छ ।
Discussion about this post