काठमााडौ। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गठबन्धनका साझेदार दललाई धोका दिएको आरोप लगाएका छन् ।
पाँच वर्ष नै गठबन्धन चलाउने आफ्न प्रतिबद्धतामा प्रचण्ड अडिन नसकेको देउवाले आरोप लगाए ।
संसद् भवन नयाँ बानेश्वरमा बिहीवार बसेको संसदीय दलको बैठकलाई सम्बोधन गर्दै देउवाले प्रचण्डले दिएको धोकाबारे आफूसँग भन्ने शब्द नै नरहेको बताएको एक सांसदले जानकारी दिए ।
‘प्रचण्डले धोका दिए, धोकेबाजको औषधि छैन,’ संक्षिप्त सम्बोधन गरेका देउवाले भनेका थिए ।
कांग्रेस संसदीय दलको बैठकले सरकारलाई दिएको समर्थन आजै फिर्ता लिने निर्णय गरेको छ । बिहीवारको प्रतिनिधि सभा बैठकमा संसदीय दलका प्रमुख सचेतक रमेश लेखक बोलेर समर्थन फिर्ता लिने केन्द्रीय सदस्य रामहरि खतिवडाले जानकारी दिए ।
Discussion about this post