काठमाडौँ । पछिल्ला दिनहरूमा नेपाली बजारमा सुनको मूल्य निरन्तर बढिरहेको छ । तोलाको एक हजार रुपैयाँ बढेर आज आइतबार पनि सुनको मूल्यले नयाँ रेकर्ड राख्न सफल भएको छ।
गत मंगलबार देखि रेकर्ड राख्न सुरु गरेको सुनको मूल्यले आइतबार पनि निरन्तर बढिरहेको हो । मंगलबार, बुधबार र बिहीबार तीन दिन निरन्तर बढ्दै सुनको मूल्य हालसम्मकै उच्च विन्दुमा पुगेको पुग्दा शुक्रबार भने सुनको मूल्य स्थिर रहेको थियो।
आज तोलामा एक हजार रुपैयाँ बढेको सुनको मूल्यसँगै प्रतितोला एक लाख २६ हजार रुपैयाँमा किनबेच भइरहेको छ । आइतबारको कारोबार भइरहेको सुनको मूल्य हालसम्मकै उच्च विन्दुमा पुगेको हो ।
आज छापावाल सुन प्रतितोला एक लाख २६ हजार रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख २५ हजार चार सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
आज चाँदीको मूल्य पनि बढेको छ । नेपाली बजारमा आज तोलामा पाँच रुपैयाँ बढेर चाँदीको मूल्य प्रतितोला एक हजार चार सय ७५ रुपैयाँ पुगेको छ ।
Discussion about this post