काठमाडौं / नेपाल चिकित्सक संघको आयोजनामा महाशिवरात्रीको उपलक्ष्यमा पशुपतिनाथ मन्दिर परिसरमा १ दिने निशुल्क स्वास्थ शिविर आयोजना गरिएको छ।
उक्त सिविर नेपाल चिकित्सक संघ जुनियर डक्टर्स कमिटी, लाइन्स क्लब अफ काठमाडौं रेडियन्स डाक्टर्स तथा लियो क्लब अफ काठमाडौ रेडियन्स मेडिकल स्टुडेन्टसको सहयोगमा सम्पन्न भएको हो।
नेपाल चिकित्सक संघ जुनियर डाक्टर्स कमिटीका सदस्य सचीव डा विकास सिटौलाका अनुसार उक्त शिविरमा पशुपतिमा आएका भक्तजन एवम अन्य उपस्तिथित सबैले स्वास्थ सेवा पाएका थिए। आकस्मिक सेवा प्रवाह गरिएको उक्त शिविरमा भक्तजनहरुको रक्तचाप, सुगर जाचिनुका सथै नाकबाट रगत बगेकालाई समेत उपचार गरिएको थियो।
जबक लाइन्स क्लब अफ काठमाडौं रेडियन्स डाक्टर्सका अध्यक्ष डा रविन बस्नेतका अनुसार बिगत वर्षमा पनि क्लबले शिविर गर्दै आएको र यसपालि पनि नेपाल चिकित्सक संघको अग्रसरतामा क्लबले पनि भुमिका खेल्न पाएकोमा खुसी व्यक्त गर्दै भविष्यमा पनि यस्ता सिविर गर्ने प्रतिबद्धता समेत व्यक्त गरे।
नेपाल मेडिकल कलेज र किस्ट कलेजमा लियो क्लबमा आबद्ध मेडिकल विध्यार्थी समेत सहभागी उक्त शिविर नयाँ पुस्तालाई अनुभव आदनप्रदान र समाजप्रति उत्तरदायी हुने मौका पाएको कुरा लियोका अशिम गौतम, आशिस खड्का र उमंग लुइँटेलले बताए।
हौसला प्रदान गर्न नेपाल चिकित्सक संघका केन्द्रिय सदस्य डा तेज्सु सिंह मल्लले जनताको स्वास्थ्य हाम्रो चासो भएको भन्दै यसरी नै शिविर गर्ने र विशेषज्ञ सहितको सिविर पनि दिँदै आइरहेको बताए। नेपाली जनता माझ राम्रो स्वास्थ्यका लागि सदा लागीपरिरहने उनले बताए।
साथै नेपाल चिकित्सक संघले ओखलढुंगामा समेत आगामी चैत्र ३ मा कृयाशिल भएर भाग लिने समेत बताए। शिविरमा करिब ६०० जनो सेवा लिएका थिए ।
Discussion about this post