काठमाडौँ / अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दोलखाको तामाकोसी गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत निमेष मिश्रसहित १२ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ।
अख्तियारले प्रशासकीय अधिकृतसहित तामाकोसी गाउँपालिकाका तत्कालीन उपाध्यक्ष उर्मिला खड्का, लेखा अधिकृत विजय लुइँटेल, इन्जिनियर सुबोधकुमार चापागाईं, लेखापाल रामबहादुर कार्की, सबइन्जिनियर सिर्जना दुवाल, उपभोक्ता समितिका अध्यक्ष इराजन पोखरेलविरुद्ध मुद्दा दायर गरेको हो।
त्यस्तै उपभोक्ता सहितका उपाअध्यक्ष सचिव नम्रता महत, कोषाध्यक्ष माण्डवी पोखरेल, तामाकोसी–१ का तत्कालीन वडाअध्यक्ष महेश्वर काफ्ले, वडा नम्बर–४ का तत्कालीन वडाध्यक्ष होमबहादुर श्रेष्ठ र वडा नम्बर–३ का तत्कालीन तथा हालका वडाध्यक्ष रामप्रसाद काफ्लेविरुद्ध पनि मुद्दा दायर भएको छ।
आयोगले उनीहरूले १२ लाख ८९ हजार ३२० बिगो कायम गरेको छ।
तामाकोसी–३, जफे जामुनेमा सभाहल तथा शौचालय निर्माण गर्दा भ्रष्टाचार भएको आयोगको ठहर छ।
Discussion about this post