झापा । नेकपा माओवादी केन्द्रको भातृ संगठन रिटर्नी सेन्टर नेपाल झापाको अध्यक्षमा सुवासचन्द्र मैनाली चयन भएका छन् । झापाको बिर्तामोडमा भएको सेन्टरको प्रथम जिल्ला अधिवेशनबाट मैनालीको नेतृत्वमा ३१ सदस्यीय कार्य समिति चयन भएको हो ।
समितिको उपाध्यक्षद्वय मेनुका काफ्ले र दिलिप बुढाथोकी, सचिव प्रबिण बानियाँ, सह–सचिवत्रय जय मोक्तान, याम मगर र फुल कुमारी राजवंशी र कोषाध्यक्ष घनश्याम नेपाल चयन भएका छन् ।
त्यस्तै दिनेश कार्कीको संयोजकत्वमा ७ सदस्यीय उत्पादन तथा प्रविधि विभागसमेत गठन गरिएको सेन्टरका केन्द्रीय सचिवालय सदस्य गणेश कालिकोटेले जानकारी दिए ।
विदेशमा सिकेका ज्ञान, सीप र आर्जन गरेको पैसालाई स्वदेशमा लगानी गरि उत्पादनमा जोड दिने र स्वदेशमै स्वरोजगार बन्ने र बनाउने अभियानका साथ सेन्टरको देशभर संगठन विस्तार गरिएको बताइएको छ ।
नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका केन्द्रिय सदस्य तथा प्रदेश संसदीय दलका नेता इन्द्र आङ्बो मौसमको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा रिटर्नी सेन्टरका केन्द्रिय सचिव भिम लकान्द्री, उत्पादन र प्रविधि अन्तर्रास्ट्रिय बिभाग प्रमुख रमेश तुफान पण्डित, पार्टीका केन्द्रिय सदस्यहरु, प्रदेक समिति पदाधिकारी तथा सदस्यहरु, जिल्ला इञ्चार्ज, सहइञ्चार्जहरु, जिल्ला संयोजक तथा पदाधिकारीहरुको उपस्थिती रहेको थियो ।
सेन्टरको आगामी चैत्र ३ गते दमकमा प्रदेश सम्मेलन साथै ८ र ९ गते चितवनमा केन्द्रिय सम्मेलन हुने छ ।
Discussion about this post