विराटनगर : विराटनगर स्थित नोबेल मेडिकल कलेजमा कार्यरत नर्स हत्या प्रकरणमा उनकै प्रेमी जोडिएका छन् । महानगरपालिका ४ मा मृत भेटिएकी २३ वर्षीय किशोरीको हत्या प्रकरणमा उनकै प्रेमी रहेको बताइएको छ ।
तर हालसम्म प्रहरीले प्रहरीले औपचारिक रूपमा पुष्टि गरिसकेको छैन ।
शुक्रवार २३ बर्सिया चन्द्रिकाकुमारी दासको शव फेला परेको थियो ।
घटना सार्वजनिक भएपछि प्रहरीले किशोरीका प्रेमीलाई खोजी गरिरहेको छ । अमिन धानुक नाम गरेका व्यक्तिलाई प्रहरीले खोजी गरिरहेको छ ।
शुक्रवार करिब १२ बजेतिर शौचालयमा शव फेला परेको थियो । प्रारम्भिक अनुसन्धानबाट युवतिको हत्या उनै प्रेमी भनिएका सिराहाकै अमिन नामका व्यक्तिले गरेको खुलेको प्रहरी स्रोतको दाबी छ ।
सिराहाको फुल्काहकट्टी घर भएकी दास नोबेल मेडिकल कलेजमा कार्यरत थिइन्।
दासको शव हेर्दा बिहीबार नै हत्या हुनसक्ने बताइएको छ ।
दासको घाँटी, अनुहारलगायत शरीरका विभिन्न भागमा धारिलो हतियारले हानेको गहिरो चोट छ ।
मृतकका प्रेमी भनिएका अमिनको नम्बरबाट साथीलाई आएको म्यासेजमा हत्या गरेको छु भनी लेखिएको बताइएको छ । सोही घरमा बस्ने अर्का एक ब्यत्तिःलाई म्यासेज आएपछि साथीले घरबेटीलाई जानकारी गराएको बताइएको छ ।
शुक्रवार दिउँसो करिब १२ बजे घरबेटीले कोठाको चाबी खोलेर हेर्दा शव देखिएको थियो । घरबेटीले त्यसपछि प्रहरीलाई खबर गरेका थिए ।
प्रहरी स्रोतका अनुसार हत्या गरेका व्यक्तिले दासको साथीलाई घटनास्थलको फोटो पनि पठाएको बताइएको छ ।
ह्वाटसपबाट अमिनले नै पठाएको हो कि अरू कसैले उनको नम्बर प्रयोग गरेर पठाए भन्ने अनुसन्धानका क्रममा छ ।
Discussion about this post