झापा । पूर्व-पश्चिम राजमार्ग अन्तर्गत झापाको शिबसताक्षी नगरपालिका १ धरमपुरमा दुर्घटना भएको छ । आज बिहान भएको सवारी दुर्घटनामा परि दुई जनाको मृत्यु भएको छ।
पश्चिमबाट पूर्व जाँदै गरेको ना ६ ख ८८९५ नम्बरको ट्रकलाई पछाडिबाट जाँदै गरेको ना ३ ख ८३११ नम्बरको ट्रकले ठक्कर दिँदा ठक्कर दिने ट्रकमै सवार दुई जनाको ज्यान गएको प्रहरीले जानकारी दिएको छ ।
ठोक्किएका दुवै सवारी साधन मालवाहक भएको प्रहरीले जानकारी दिएको छ । मृतक दुवै जनाको पहिचान खुल्न सकेको छैन ।
Discussion about this post