काठमाडौं । नेपाली कांग्रेसले सहकारी प्रकरणमा उजुरी परेका उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको राजीनामा माग गरेको छ । आज बसेको प्रतिनिधि सभाको बैठकमा बोल्दै कांग्रेसकी सांसद तथा पूर्व सचेतक इश्वरीदेवी न्यौपानेले लामिछानेलाई पदमुक्त गरी सत्यतथ्य छानबिन गर्न माग गरिन् ।
कांग्रेसले सहकारी प्रकरणबारे उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि छानबिन गर्नुपर्ने माग दोहोर्याएको छ। सांसद न्यौपानेले सदनको अर्को बैठकसम्म छानबिन समिति नबने सदनको बैठक नचल्ने प्रष्ट पारिन् ।
उनले मंगलबारको बैठकपछि गृहमन्त्री लामिछानेले कांग्रेसले ४ वर्षनै सदन अवरुद्ध गरोस्भनेर दिएको अभिव्यक्तिप्रति आपत्ति जनाईन् ।
उनले भनिन् ‘कसरी चल्छ सत्ता रु गृहमन्त्रीले बाहिर बोल्नुभएको छ। प्रतिपक्षले संसद् बन्द गरेपछि सरकार चल्छ रु त्यो कदापि हुन सक्दैन। सरकारको उपप्रधान तथा गृहमन्त्रीको गैर जिम्मेवार पूर्ण भनाइ राख्नुभयो।
त्यो पनि जनता र देशसँग सम्बन्धित बजेटको छलफलको बेलामा । सदन उहाँलाई चाहिएको छैन होला हामीलाई चाहिएको छ। बजेटको छलफलको विषयमा हामी तयार छौँ। अवरोध गर्दैनौँ। छानबिन समिति गठन गर्न किन डराउनुपर्यो ? हिजो यदि हाउसमा समिति गठन गरेको होइन। उहाँको विषयमा समिति गठन गर्न माग गर्दा नहुने ? के उहाँ स्वर्गबाट आएको हो ? हामी सबै यदि जन्मेका हौँ। झन् शंका उब्जेको छ’।
Discussion about this post