इटहरी / उद्योग वाणिज्य सङ्घ इटहरीको आयोजनामा इटहरीमा १ दिने बृहत निःशुल्क स्वास्थ्य शिविर हुने भएको छ ।
इटहरीका उद्योगी व्यवसायी र सर्वसाधारणहरूको लागि चैत्र ८ गते निःशुल्क स्वास्थ्य शिविर सञ्चालन हुने भएको हो ।
स्वास्थ्य रहौँ व्यवसाय गरौँ भन्ने मूल नाराका साथ सञ्चालन हुन लागेको शिविरमा इटहरी मेडिकलको प्राविधिक सहयोग रहने आयोजकले जानकारी दिएको छ ।
व्यवसायीहरूले व्यस्तताका बाबजुद आफ्नो स्वास्थ्यमा ध्यान पुर्याउन नसकेको अवस्थामा विशेष गरी उद्योगी व्यवसायी र सहरी गरिबिको कारण स्वास्थ्य सेवा लिन नसक्नेहरूलाई लक्षित गरेर शिविर सञ्चालन गर्न लागिएको उद्योग वाणिज्य सङ्घ इटहरीका अध्यक्ष जीवन पराजुलीले बताए ।
शिविरमा १८ जना विशेषज्ञले सेवा दिनेछन् । उक्त शिविरबाट २५ सय व्यवसायी तथा सर्वसाधारणले लाभ लिने अनुमान आयोजकको छ ।
Discussion about this post