झापा । झापाको गौरादहमा आगलागी हुँदा १ लाख ५० हजार बराबरको क्षति भएको छ ।
गौरादह नगरपालिका–५ बालुबथानका देवीदास अधिकारीको टिनको छानो भएको गोठमा आगलागी भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
आगलागीबाट गोठ भित्र रहेको काठपात, पराल र गोठ समेत पूर्ण रुपमा जलेर नष्ट हुँदा १ लाख ५० हजार बराबरको क्षति भएको जनाइएको छ ।
आगलागी गौरादह नगरपालिकाको दमकल, स्थानीय बासी र प्रहरीको सहयोगमा नियन्त्रणमा आएको प्रहरीले जनाएको छ ।
Discussion about this post