झापा । बिर्तामोड ४ मा हेको गोमेन्द्र बहुमुखी महाविद्यालयले पत्रकार तथा साहित्यकार केशव आचार्यलाई सम्मान गरेको छ ।
गोमेन्द्र महाविद्यालयको २८ औं वार्षिकोत्सवका अवसर पारेर २१ हजार १ सय २१ रुपैयाँ नगद सहित आचार्यलाई गोमेन्द्र सम्मान गरिएको हो ।
गोमेन्द्र बहुमुखी महाविद्यालयले २०७२ सालदेखि सो सम्मान दिँदै आएको छ । कार्यक्रमका प्रमुख अतिथि पूर्वाञ्चल विश्वविद्यालयका रजिष्ट्रार निलमणि पोखरेल , कार्यक्रमका अध्यक्ष गोमेन्द्र बहुमुखी महाविद्यालय संस्थापक अध्यक्ष गणेशप्रसाद खनाल , क्याम्पसका प्राचार्य डा.रुपक खनाल, सहप्राचार्य सरु भुर्तेल खनाललगायतले नगद , दोसल्ला , सम्मानपत्रसहित सो सम्मान प्रदान गरेका थिए ।
साहित्यकार आचार्य विभिन्न ४० वटा पुरस्कार , सम्मान र प्रशंसाबाट पुरस्कृत र सम्मानित भइसकेका छन् ।
Discussion about this post