बिर्तामोड । नेपाल कम्युनिष्ट पार्टी (बिप्लब) ले झापा सहित मेचीमा देखिएको राजनीतिक, आर्थिक, सिमा अतिक्रमण , शिक्षा तथा स्वास्थ्य क्षेत्रका समस्यको निराकरण गर्न सशक्त प्रतिकारमा उत्रने चेतावनी दिएको छ ।
झापाको बिर्तामोडमा आज पत्रकार सम्मेलनको आयोजना गर्दै पार्टीका स्थायी कमिटी सदस्य अनिल विरही, मेची इञ्चार्ज सुमन सिंह सि लगायतका नेताले जनताका जनजिविकाका विषयमा सरकार गम्भीर नभए सशक्त प्रतिकारमा उत्रने चेतावनी दिनुभयो ।
पार्टीका मेची व्यूरो इञ्चार्ज सिंहले पछिल्लो समय केही व्यक्तिले राजतन्त्र, मिटरव्याज लगायतका विषय उठान गरे झैं गरेर पश्चिमा शक्तिको आडमा जनतालाई भ्रमित पार्ने काम गरेको भन्दै भ्रमको खेती नगर्न चेतावनी समेत दिनुभयो । उहाँले ठगी र तस्करी गर्नेहरुलाई जनताको साथमा चोक चोकमा ल्याएर जनकारवाही गर्ने उल्लेख बताउनुभयो ।
पत्रकार सम्मेलनमा बोल्दै पार्टीका स्थायी कमिटी सदस्य अनिल विरहीले देशमा भ्रष्टचार,अराजकता, स्वेच्छचारिता, महंगी र बेरोजगारी बढिरहँदा पनि सरकार मौन बसेको भन्दै बर्तमान सरकार विदेशीको इसारामा चलेको आरोप लगाउनुभयो । उहाँले यो व्यवस्था नै धेरै समयसम्म नटिक्ने दावी गर्नुभयो ।
बिरहीले राजतन्त्र इतिहासमा सिमित भएको र बर्तमान संसदीय व्यवस्था सहितको संघीयता धेरै समय नटिक्ने भएकाले अब साम्यवादी व्यवस्था लागू हुने बताएका धारणा राख्नुभयो ।
बिभिन्न वहानामा जनतालाई भ्रमित बनाउदै जनतालाई शासन गर्न पल्किएकाहरुबाट चनाखो हुनु पर्ने उहाँको भनाई थियो ।
पछिल्लो राजनीति कटनाक्रम वित्तीय व्यवस्थामा देखिएको अस्थिरता , सिमा अतिक्रमण, लागू औषध कारोवार तथा तस्करी, स्वास्थ्य र शिक्षामा भइरहेको अराजकता रोक्न भन्दै नेपाल कम्युनिष्ट पार्टी मेची व्यूरोले नौं वुँदे विषयहरु उठान गरेर जनतामा जाने घोषणा गरेको छ ।
नौं वुँदे घोषणा पत्र सार्वजनिक गर्दै नेपाल कम्युनिष्ट पार्टीका मेची व्यूरो इञ्चार्ज सुमनले मेची व्यूरोको माघ २० गते दमकमा सम्पन्न बैठकले राजनीतिक , सांगठानिक, आर्थिक संघर्ष, सास्कृतिक, भारतीय सिमा क्षेत्रमा भइरहेका अतिक्रमण लगायतका विषयमा जनजागरणका कार्यक्रम अगाडि वढाउने निर्णय गरेको बताउनुभयो ।
महंगी र कालोवजारीले जनताको ढाड सेकिरहदा पनि स्थानीय निकाय र प्रशासनिक क्षेत्र रमिते बनेको भन्दै त्यस विरुद्ध नेपाल कम्युनिष्ट पार्टी (विप्लव) ले अब जनकारवाही गर्ने उद्घोष गरेको छ ।
झापा सहित इलाम, पाँचथर र ताप्लेजुङमा जनजागरका कार्यक्रमलाई अघि बढाउँदै कारवाही प्रक्रिया अघि बढाउने मेची व्यूरो प्रमुख सिंहको भनाई छ ।
पत्रकार सम्मेलनमा इलाम इञ्चार्ज मौसम सि, केन्द्रीय सल्लाहकार विद्रोही सि लगायतको सहभागीता रहेको थियो । कार्यक्रमको सञ्चालन झापा इञ्चार्ज प्रशान्त सिले गर्नु भएको थियो ।
Discussion about this post