बिर्तामोड । नेपाली कांग्रेस झापाले छ महिने संगठन सुदृढिकरण तथा परिचालन कार्यक्रम सञ्चालन गर्ने भएको छ ।
पार्टीको मातहत इकाइ र भातृ संघ–संस्थालाई क्रियाशील गराउने उद्देश्यले कार्ययोजना र कार्यक्रम बनाउन जिल्ला सचिवद्वय कृष्ण हुमागाँई, नवीन विमली र २ नं. क्षेत्रीय सभापति खगेन्द्र मैनालीलाई जिम्मेवारी तोकेको छ ।
झापा कांग्रेस सभापति देउकुमार थेवेको सभापतित्वमा आज जिल्ला पार्टी कार्यालय बिर्तामोडमा जिल्ला पदाधिकारी, क्षेत्रीय सभापतिहरु र गाउँनगर सभापतिहरुको संयुक्त बैठकले अभिमुखीकरण कार्यक्रमसहितको कार्ययोजना तय गरी जिल्ला कार्यसमितिको आगामी फागुन २ गते बस्ने जिल्ला कार्यसमितिको बैठकमा पेस गर्न हुमागाईसहितको समितिलाई जिम्मेवारी सुम्पेको हो ।
प्रस्तावित कार्ययोजनामा जिल्लाका एक सय ३१ वटै वडाहरुमा महाधिवेशन प्रतिनिधि र जिल्ला सदस्यलाई जिल्ला प्रतिनिधिको रुपमा खटाइने, जिल्ला, क्षेत्र, प्रदेश क्षेत्र, गाउँ÷नगर, वडा र टोल समितिहरुको बैठकको कार्यतालिका समेत मस्यौदा समितिले जिल्लाको बैठकमा पेस गर्नेछ ।
Discussion about this post