इटहरी । सुनसरीको इटहरी उपमहानगरपालिकाले खोलापैनी मिचेर बनाइएका भौतिक संरचना भत्काउन थालेको छ ।
मंगलबार स्थानीय टेंग्रा खोलाको सिरानबाट डोजर लगाएर अतिक्रमित संरचना हटाउन थालिएको इटहरीका मेयर हेमकर्ण पौडेलले जानकारी दिए । जग्गा खाली गराउन मेयर पौडेल आफैँ डोजर लिएर खोलापैनी पुगेका थिए ।
बारम्बार सूचना प्रकाशित गर्दा समेत अटेरी गरेपछि बाध्य भएर डोजर चलाएको मेयर पौडेलले बताए ।
टेंग्रा खोला, खेती खोला र सुकुमारी पैनीका दुवै किनारबाट ६ ६ मिटर छाडेर भवन संरचना बनाउनुपर्ने व्यवस्था छ । खोलापैनीका दुवैतर्फ ६ ६ मिटर नछाडीकन निर्मित भवन संरचना हटाउन सुरु गरिएको उपमहानगरले जनाएको छ ।
बर्खाको बेला सामान्य पानी पर्दा पनि इटहरी नगर क्षेत्रमा डुबान हुने गर्छ । उपमहानगरका २० मध्ये विशेष गरी ३, ४, ९, १०, ११ र १२ नम्बर वडा बढी डुबानमा पर्ने गरेका छन् ।
Discussion about this post